यस्तो रहेछ फुजेलका कृष्ण अधिकारी हत्याको नालीबेली को हुन् अधिकारी ? किन मारिए ?
Posted by Bijay Kuikel
Published on Thursday, April 17, 2014
अनलाइनखबर बाट :
योगेश ढकाल (गोरखा र चितवनबाट फर्केर)
तस्वीरमा देखिएको चोक यही हो, जहाँ बसिरहेका बेला गोरखाको फुजेलका १९ बर्षे कृष्णप्रसाद अधिकारीको ०६१ सालमा माओवादीबाट अपहरणपछि हत्या भएको थियो । रत्ननगर नगरपालिकाकाको मुलगेटमै छ, बकुलहर चोक ।
यो चोकमा दुई वर्षअघिसम्म चौतारो थियो, मन्दिरको आडमा । ०६४ सालसम्म नगरपालिकाको भवनसँगै नेपाली सेनाको ब्यारेक थियो । संकटकालको समयमा गाडीका यात्रुले सुरक्षा चेकजाँचका नाममा यहाँ झन्डै एक किलोमिटर पैदल हिँड्नुपर्थो । तर, यतिबेला यहाँ सेनाको ब्यारेक हटेको छ । सडक विस्तारसँगै चौतारो पनि हट्यो । तत्कालीन नेकपा (माओवादी) का ३ जना कार्यकर्ताले अधिकारीको हत्या गरेको बताइएको चोक यही हो ।
हत्याको पृष्ठभूमि
कृष्णप्रसाद अधिकारीको ०६१ साल जेठ २४ गते चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १ को बकुलहर चोकमा बेलुका अन्दाजी ८ बजे हत्या भएको बताइन्छ । हाल अनशनरत बाबु नन्दप्रसाद अधिकारीले ०६१ जेठ २६ गते जिल्ला प्रहरी कार्यालय चितवनमा पेश गरेको किटानी जाहेरीमा सोही कुरा उल्लेख छ । किटानी जाहेरीमा रत्ननगर नगरपालिकाको वडा नम्बर १३ को जयमंगलामा रहेका हजुरबा धनराज अधिकारीलाई भेट्न आएकोमा जेठ २४ गते बेलुका अञ्दाजी ८ बजे नम्बर नखुलेको मोटरसाइकलमा आएका पेस्तोलधारी ३ जना अज्ञात व्यक्तिले हत्या गरेको उल्लेख छ । तर, ०६१ सालको यो घटनाको लहरो चाँहि ०५४ सालबाट तानिँदै आएको फुजेलका स्थानीयको भनाइ छ ।
फुजेल गाविसको देवकोटा गाउँका दीपक देवकोटा (विकल्प) ०५४ सालमा फुजेलभन्दा करिब एकघण्टा माथिको भञ्जाङ गाविसको वतासे विद्यालयमा मारिए । स्थानीयका अनुसार देवकोटा त्यतिबेला माओवादीका एरिया कमाण्डर थिए । त्यति बेलासम्म फुजेलमा द्वन्द्वका क्रममा कसैको पनि मृत्यु भएको थिएन । स्थानीयका अनुसार बतासे स्कूलमा चन्दा उठाउन दीपकको टीम गएको थियो । उनीहरु प्रधानाध्यापक नन्दप्रसाद ढकालको कार्यकक्षमा बसेर कुराकानी गरिरहेका थिए ।
चन्दाको विषयलाई लिएर ढकाल र देवकोटावीच चर्काचर्की भयो । यो दिउँसो साढे ३ बजेतिरको हो । त्यहीबेला बतासे स्कूलनजिकै रहेको ताङलीचोक प्रहरी चौकीबाट प्रहरी स्कुलमा पुगे । प्रहरी आएको जानकारी पाउनेवित्तिकै भाग्न खोजेका देवकोटा एक्कासी प्रहरीको गोली लागेर स्कुलमै ढले ।
यो घटनापछि माओवादीले बतासे स्कूलका प्रअ ढकाललाई यसको दोष लगाए । प्रहरीलाई सूचना दिएको आरोप लगाएर निशाना बनाएपछि प्रधानाध्यापक ढकालले एक/डेढ महिनामै बतासे स्कूल छाडेको स्थानीयको भनाइ छ । मृतक कृष्णप्रसाद अधिकारी प्रअ नन्दप्रसाद ढकालका नातेदार हुन् ।
नन्दप्रसादका कान्छी बहिनी-ज्वाइँ हुन लोकनाथ दाहाल फुजेलकै भैरवाश्रम माविमा पढाउथे । अधिकारीका चार बहिनीमध्ये दुई बहिनी माइतीमै बसेका थिए । यस्मध्ये कृष्णकी जेठी फुपू सुभद्रालाई समेत कृष्णप्रसादको हत्यामा संलग्न भनी नन्दप्रसादले किटानी जाहेरी दिएका छन् । माहिली बहिनी चितवनको रत्ननगर-१३ को जयमंगलामा नन्दप्रसादकी आमा पालेर बसेकी छन् ।
त्यतिबेला बतासेमा पढाउने ढकाल र भैरवाश्रम माविमा पढाउने दाहाल राजनीतिकरुपमा कांग्रेस पृष्ठभूमिका थिए । माओवादीले ढकाल र दाहालमाथि निगरानी बढाएको र त्यसको बदलाका लागि रामजी तिवारीको उनीहरुले हत्या गरेको दाहालको भनाइ छ ।
चितवनको जयमंगलास्थित पञ्चकन्या उच्चमाविमा भेटिएका दाहालले कुराकानीका क्रममा माओवादीले उनका भाञ्जा सीताराम तिवारीको हत्या प्रयास गरेका थिए । तर, संयोगवश दाइ रामजी तिवारी परे । देवकोटा हत्याको बदला सायद रामजीको हत्या गरी लिन खोजेको धेरै स्थानीयले आंशका गरेका छन् ।
रामजीको हत्यापछि ०५६ सालमा दाहाल चितवनमा सरुवा भई झरे । यही परिवारका सदस्यमध्येका कृष्णको ०६१ मा हत्या भएको हो । त्यसपछि रामजी र कृष्णको हत्याको बदला लिन दहाल र ढकालसमेत अधिकारी परिवारले गोरखा सदरमुकाम र चितवनमा झरेर घटनालाई उचाल्ने रणनीतिकार यिनै शिक्षकद्वय दाहाल र ढकाल हुन् भन्ने आरोप लगाए । यी दुई जनाले नै नुरप्रसादलाई मानवअधिकारवादीहरुको सम्र्पकमा पठाएको पनि उनीहरुको आरोप छ ।
कृष्ण अधिकारी कसरी मारिए ?
कृष्णप्रसाद अधिकारीले ०५९ सालमा फुजेलको भैरवाश्रम उच्चमाविबाट एसएलसी परीक्षा दिएका थिए । त्यतिबेला उतीर्ण हुन नसकेका अधिकारीले ०६० साल चैत्रमा पुनः परीक्षा दिएको भैरवाश्रम उच्चमाविका प्रअ टंकप्रसाद देवकोटाको भनाइ छ । यो एक वर्षको वीचमा अधिकारी पोखरा बसेका थिए । अधिकारीका फुपाजु दाहालका अनुसार उनको रहर बि्रटिश लाहुरे हुने थियो र त्यही अभ्यास गर्न उनी पोखरा गएका थिए । अधिकारीका कान्छा काका ठाकुरप्रसाद अधिकारी नेपाली सेनामा कार्यरत थिए । त्यतिबेला ठाकुरप्रसाद डडेलधुरामा थिए ।
फुजेलबाट ठाकुरप्रसाद ०५५ सालतिरै चितवन बसाइ सरेका थिए । माइला दाजुका रुखबाट लडेर मृत्यु भएपछि घरमा अंश मुद्दा चर्किएको रहेछ । गाउँलेले अंश मुद्दामा विधुवा माइली भाइबुहारी सीता अधिकारीको पक्ष लिएको तर नन्दप्रसादले अंश दिन नमानेपछि विवाद चर्किर्एको बताइन्छ । त्यसमा मुछिन ठीक नठानेर कान्छा भाइ ठाकुरप्रसाद बा-आमा लिएर चितवनमा झरेका हुन् ।
घटना यसरी बढ्दै जाँदा माओवादीले कृष्णप्रसाद अधिकारी सेनामा भर्ना भएपछि तालिम हुनुभन्दा अगाडि करिब १५ दिन विदाका क्रममा चितवनको बकुलहरमा काकाकाकी, हजुरबा, हजुरआमा र फुपू-फुपाजुलाई भेटन आएको बताउने गरिएको छ ।
स्थानीयले बताएअनुसार पोखराबाट चितवन आएका कृष्णप्रसाद ०६१ जेठ २४ गते बकुलहर चोकको चौतारोमा बसिरहेका थिए । उनी केही कुरा डायरीमा लेख्दै पनि थिए । तीनजना व्यक्तिले पिछा गर्दै आएपछि अधिकारी भाग्ने क्रममा जयमंगलातिर लागेको फुपाजु दाहालको भनाइ छ । त्यतिबेला माओवादीको चितवन जिल्ला कमिटी सम्हाल्नेमा इञ्चार्ज श्रीनाथ अधिकारी र सेक्रेटरी यामप्रसाद परियार (इन्द्रजीत) थिए ।
‘मुक्ति’को नेतृत्वमा आएका तीन जना माओवादीले अधिकारीलाई अपहरण गरेको बताइएको छ । अपरहण गरेकै दिन साढे ५ बजेतिर माओवादीले फुपाजु दाहाललाई फोन गरी जिम्मा लिन भनेका थिए । तर, दाहाल नगएपछि घटनाले अर्को मोड लिएको स्थानीयको टिप्पणी छ । बकुलहर चोकबाट जयमंगला २ किमी टाढा पर्छ । अपहरणपछि माओवादीले खानतलासी गर्दा अधिकारीको साथबाट माओवादीका बारेमा लेखिएका केही कागजात र नेपाली सेनाको अस्थायी परिचयपत्र भेटिएको भनिएको छ ।
अहिले १३ जनालाई मुद्दा चलाइए पनि घटनामा तीनजनाको मात्रै संलग्नता रहेको माओवादी दाबी छ । उक्त घटनामा संलग्न तीनजनामध्ये मुक्ति भनिने र अर्को एकजनाको सेनाको कारबाहीमा मृत्यु भएको र रुद्र आचार्य वेलायतमा रहेकाले केही खुल्न नसकेको स्थानीय एक माओवादी नेताले बताए ।
अधिकारीको हत्या गरेको जिम्मा लिँदै माओवादीले बकुलहर र पिठुवा गाविसमा कोणसभा समेत गरेको पनि फुपाजु दाहालको जानकारीमा छ । माओवादीका तत्कालीन जिल्ला सेक्रेटरी यामप्रसाद परियार (इन्द्रजीत) चाँहि घटनाबारे आफुले भन्दा पनि पार्टीले संस्थागत रुपमा बोल्ने भन्दै थप कुराकानी गर्न मान्दैनन् ।
Source: Onlinekhabar.com
Comment below:

0 comments
Readers Comments