Other News,
झुट पत्ता लगाउने मेसिन ल्याउँदै प्रहरी
Posted by Bijay Kuikel
Published on Sunday, November 10, 2013

अमेरिकी सहयोगमा पाँच र दुई प्रहरीकै बजेट गरी सातवटा पोलिग्राम मेसिन ल्याउन लागेको प्रहरीले जनाएको छ । करिब एक महिनापछि सातवटा पोलिग्राफ मेसिन आइपुग्ने प्रहरी प्रवत्ता एसएसपी गणेश केसीले जानकारी दिएको नयाँ पत्रिकामा खबर छ । पोलिग्राफ मेसिन चलाउन अमेरिकाले नै प्रहरी अधिकारीहरुलाई तालिम दिन थालिसकेको छ । नेपालमा प्रहरीले पहिलो पटक पोलिग्राफ मेसिन भित्र्याउन लागेको हो ।

0 comments
Readers Comments