Other News,
सुन्तलीले गरिन् आत्महत्या
Posted by Bijay Kuikel
Published on Friday, July 5, 2013
२१ असार, काठमाडौँ । नुवाकोट जिल्ला ओखरपौवा–३ घर भएका रामबहादुर
तामाङकी १८ बर्षीया श्रीमती सुन्तली तामाङको बिष सेवनबाट मृत्यु भएको छ । बिष सेवनवाट
अचेत भएकी उनको काठमाडौको जनमैत्री अस्पतालमा मृत्यु भएको हो ।
उनलाई आज बिहान ७ बजे आफ्नै घरमा नोभान नामक बिषादी सेवन गरी
असक्त भएको अवस्थामा फेला पारिएपछि उपचारको लागि जनमैत्री अस्पताल बालाजु लगिएकोमा
उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
0 comments
Readers Comments